रुसको यात्रा गर्दा नो अब्जेक्सन लेटर अनिवार्य लिनुपर्ने

काठमाडौं ।  रुसको यात्रा गर्नुपरेमा नो अब्जेक्सन लेटर अर्थात् एनओसी अनिवार्य रुपमा लिनुपर्ने भएको छ । परराष्ट्र मन्त्रालयले हिजो बुधबार निकालेको विज्ञप्तिमा रुस यात्रा गर्नु परेमा एनओसी अनिवार्य रुपमा लिनुपर्ने प्रावधान रहेको जानकारी दिएको हो ।

रुसी सेनामा नेपालीहरु भर्ती हुन जाने र युद्धको चपेटामा पर्ने खबर सार्वजनिक भएसँगै सरकारले एनओसी लिनुपर्ने प्रावधान ल्याएको हो । परराष्ट्र मन्त्रालयका अनुसार सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अरुलाई रुस यात्रा गर्नु परेमा परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभाग त्रिपुरेश्वरबाट जारी गरिने एनओसी लिएर मात्र यात्रा गर्न सकिने व्यवस्था गरिएको छ ।

यस्तै, अरु विभिन्न गन्तव्यबाट रुस जाँदा पनि एनओसी आवश्यक हुने भएको छ । भारत, बङ्लादेश, श्रीलङ्का, यूएई, साउदी अरबिया, कुवेत, कतार र बहराईनबाट रुस यात्रा गर्नु परेमा पनि त्यहाँ रहेका नेपाली दूतावास र महावाणिज्य दूतावासहरुबाट एनओसी अनिवार्य रुपमा लिनु पर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर