नयाँ संसद भवन चाँडै बन्ने : मन्त्री गुरुङ

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले प्रतिनिधिसभाको आगामी हिउँदे अधिवेशन सिंहदरबारस्थित सङ्घीय संसद् भवनबाट सञ्चालन गर्ने गरी तीव्रगतिमा भवन निर्माण भइरहेको बताएकी छन् ।

राष्ट्रियसभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा मन्त्री गुरुङले हिउँदे अधिवेशनअघि नै सिंहदरबारस्थित निर्माणाधीन राष्ट्रियसभा र प्रतिनिधिसभाको भवन सम्पन्न गर्ने अठोटका साथ काम भइरहेको जानकारी दिइन् ।

मन्त्री गुरुङले मन्त्रीनिवासको निर्माण सम्पन्न गरेर माघ महिनासम्म हस्तान्तरण गरिने जानकारी पनि दिइन् । उनले सार्वजनिक खरिद प्रक्रियाले योजनाको काम समयमा नै सम्पन्न गर्न समस्या भएको बताइन् । आर्थिक स्रोतको सुनिश्चितता नहुँदा धेरै आयोजना सम्पन्न हुन नसकेको उनको भनाइ छ ।

मन्त्री गुरुङले अर्थ मन्त्रालयसमक्ष बजेटका लागि पहल गरिदिन समितिलाई आग्रहसमेत गरिन् । उनले ग्यालरी बैठक पुरानै ढाँचामा पुनःनिर्माण गर्न समय लाग्ने बताउँदै त्यसनिम्ति ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको बताइन् । समितिका सदस्यहरुले ‘विकासको लहर सुविधा सम्पन्न शहर’ को नारासहित आधुनिक सुविधा सम्पन्न शहर निर्माण गर्ने अभियानले सोचजस्तो प्रगति हासिल नभएकामा असन्तुष्टि व्यक्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर