सरकारले उखुको मूल्य तोक्यो

काठमाडौं ।  सरोकारवालाको व्यापक दबाबपछि अन्ततः  सरकारले यस वर्षको लागि उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उखुको  प्रतिक्विन्टल मूल्य ६ सय ३५ रुपैयाँ तोकेको हो ।

सरकारको एक वर्षको कामकारबाहीको समीक्षाका लागि बसेको बैठकपछि सञ्चार मन्त्री रेखा शर्माले यसबारे जानकारी दिएकी हुन् । सो बैठकमा मुख्य सचिवले सरकारका एक वर्षका समस्या र उपलब्धिबारे प्रस्तुति दिएका थिए।

मन्त्री शर्माका अनुसार उद्योगीले प्रतिक्विन्टल ५ सय ६५ रुपैयाँमा उखु खरिद गर्नुपर्ने छ । सरकारले दिने प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान गरी ६ सय ३५ रुपैयाँ तोकिएको हो । उखुको खरिद मूल्य तोक्न ढिला भएको उनले स्वीकार गर्दै भनिन्, ‘उखुको खरिद मूल्य तोक्न ढिला भएको थियो । आज सरकारले ६ सय ३५ रुपैयाँ मूल्य कायम हुने गरी समर्थन मूल्य तोकेको छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर