शेयर बजारमा ३५.३९ अंकको वृद्धि, ७ अर्बको कारोबार

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन बुधबार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से ३५.३९ अंकले बढेर दुई हजार एक सय ४१ दशमलब ८७ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज ७ अर्ब ९५ लाख ७५ हजार रुपैयाँबराबरको कारोबार भएको छ । आज कारोबार भएकामध्ये १६१ कम्पनीको शेयरमूल्य बढेको छ भने ७८ कम्पनीकोे शेयरमूल्य घटेको छ । ५ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार ११ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज ४ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने २ कम्पनीको शेयरमूल्य ८ प्रतिशतले बढेको छ । त्यस्तै, कुमारी धनवृद्धि योजनाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ३.८२ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट कम्पनी लिमिटेडको भएको छ । आज यस कम्पनीको ३७ करोड ३४ लाखबराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर