पाल्पामा लापरवाही भएको स्वीकार्दै गगन थापाले माफी मागे

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको पाल्पा जिल्ला सम्मेलन गर्दा तानसेन नगरपालिकाको भवनको दुरुपयोग भएकोमा क्षमा मागेका छन् । महामन्त्री थापाले पाल्पा जिल्ला सम्मेलन गर्दा गल्ती भएको स्वीकार गर्दै बुधबार बिहानै माफी मागेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पाल्पा जिल्ला सम्मेलनका क्रममा भएको लापरवाहीप्रति क्षमा चाहन्छु।’

गत मंसिर ३० गते कांग्रेसले प्रथम पाल्पा सम्मेलन गर्दा तानसेन नगरपालिकाको मूल बोर्डमा पार्टीका झण्डा र ब्यानर टाँगेर कार्यक्रम गरिएको थियो । कांग्रेसले नगरपालिका भवनभरी नै पार्टीका झण्डा र ब्यानर टाँगेर कार्यक्रम गरेपछि चर्को आलोचना भएको थियो । कार्यक्रमको प्रमुख अतिथि महामन्त्री थापा थिए ।

र यो पनि पढ्नुस्…

आदर्शवादी कांग्रेस नेता गगन थापाको यो चाला….

काठमाडौं । नेपाली कांग्रेस पाल्पाको जिल्ला सम्मेलनका क्रममा शनिबार पाल्पामा तानसेन नगरपालिकाको भवनको दुरुपयोग भएको छ । सम्मेलनमा प्रमुख अतिथिको रुपमा पुगेका महामन्त्री गगन थापालाई भाषण गर्नको लागि नगरपालिकाको अनुमति नलिइ नगरपालिकाको बार्दली उपलब्ध गराइएको थियो ।

शनिबार तानसेनमा हुने जिल्ला सम्मेलनका लागि नेपाली कांग्रेस पाल्पाले नगरपालिकाको अण्डरग्राउण्ड तलामा रहेको सभाहल भाडामा लिएको थियो । तर, कार्यक्रम समापनका क्रममा महामन्त्री गगन थापाले सम्बोधन गर्ने बेलामा थापालाई एक तलामाथि बार्दलीमा चढाइयो । थापाले बार्दलीमा उभिएर भाषण गरे । भाषण सुन्न आएका दर्शकहरु टुँडिखेलभरी छरिएर बसे ।

थापाको भाषणको क्रममा तानसेन नगरपालिकाको साइनबोर्डलाई कपडाले छोपिएको थियो । राष्ट्रिय झण्डा समेत निर्धारित स्थानभन्दा तल सारेर सजिलै नदेखिने बनाइएको थियो । यो कार्यक्रम भएपछि पार्टीले सरकारी भवनको दुरुपयोग गरेको भन्दै चर्को आलोचना भइरहेको छ ।

आदर्शवादी कांग्रेस नेता गगन थापाको यो चाला….

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर