अपार्टमेन्टमा आगलागी हुँदा ७ जनाको मृत्यु

काठमाडौं ।  मङ्गोलियाको राजधानी उलान बातोरमा मङ्गलबार बिहान एउटा अपार्टमेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले जनाए अनुसार बिहान ७:०२ बजे आगलागी भएको हो । दक्षिणी जिल्ला खान-उलको १० तले अपार्टमेन्ट भवनमा आगलागी भएको हो ।

सो आगलागीमा चार बालबालिका सहित एकै परिवारका पाँच सदस्यले ज्यान गुमाएका छन् । उपचारका क्रममा घाइते अन्य दुईजना व्यक्तिको निधन भएको बताइएको छ । आगलागीको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर