स्रोत नखुलेको १६ लाख १० हजार रुपैयाँसहित एक व्यक्ति पक्राउ

काठमाडौं ।  सशस्त्र प्रहरीले मंगलबार विराटनगरमा स्रोत नखुलेको १६ लाख १० हजार रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका–७ स्थित प्रशासन रोडबाट सीमा सुरक्षा गुल्म रानीबाट खटिएको गस्ती टोलीले ४० वर्षीय लक्ष्मणप्रसाद साहलाई प्रहरीले नगदसहित पक्राउ गरेको हो।  विराटनगर १५ घर भएका साहले स्रोत नखुलेको रकम लिएर हिँडिरहेको सूचनाका आधारमा सशस्त्रको गस्ती टोलीले पछ्याएर नियन्त्रणमा लिएको थियो।  प्रहरीले साहको साथबाट नगद र को १९ प ४४३४ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीले बरामद रकम तथा मोटरसाइकल र साहलाई आवश्यक छानबिन तथा कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ।  सशस्त्र प्रहरीले एक हजार दरको ८८५ थान, ५०० दरको १६९ थान, १०० दरको ९०० थान, पचास दरको पाँच थान, २० रु पैयाँ दरको १२ थान र दशको नोट एक थान बरामद भएको जनाएको छ।  रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले रकम बरामद गरी साहलाई नियन्त्रणमा लिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर