नयाँ मन्त्रीनिवास परिसरमा आगलागी

काठमाडौं ।  ललितपुरको भैंसेपाटीस्थित नयाँ मन्त्रीनिवास परिसरमा आज आगलागी भएको छ । मन्त्री निवासभित्र मङ्गलबार मध्याह्न जस्ताले बनाइएको टहरामा आगलागी भएको र त्यसलाई नियन्त्रणमा लिएको जानकारी भैंसेपाटीस्थित प्रहरी प्रभागले दिएको छ ।

मानवीय क्षति नभएको र श्रमिक बस्नका लागि बनाइएको टहरामा आगलागी भएको, त्यसमा रहेका रङ्ग र तारहरू जलेको जानकारी पनि प्रहरीले दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर