चीनमा भूकम्प : ज्यान गुमाउने संख्या ११८ पुग्यो

काठमाडौं ।  चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ११८ पुगेको छ।  ​ भूकम्पमा २०० बढी घाइते भएको चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले जनाएको छ। उत्तर–पश्चिम गान्सु प्रान्तमा ६ दशमव २ म्याग्निच्युडको भूकम्प गएको हो।

गान्सुसँगै छिमेकी प्रान्तका भवनहरूमा पनि क्षति पुगेको छ। भूकम्पका कारण केही भागमा विद्युत र खानेपानी आपूर्ति पनि अवरुद्ध भएको छ। उद्धार कार्य जारी रहेको छ।  केन्द्र सरकारले स्थानीय आपतकालीन कर्मचारीहरूलाई सहयोग गर्न उद्धारकर्मीहरूको टोली पठाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर