आज नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ। राष्ट्रियसभा सदस्यको निर्वाचनसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका हुन्।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने पार्टीका कोषाध्यक्ष तथा मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए। उनका अनुसार आजको बैठकमा पार्टीको रुपान्तरण अभियान, राष्ट्रियसभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुनेछ। बैठकमा सरकार र गठबन्धनका विषयमा समेत छलफल हुने नेताहरुले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर