निर्वाचन आयोगको स्पष्टीकरणको घेरामा रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन २ का उम्मेदवार रवि लामिछानेलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको सम्बन्धमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

नेपाली कांग्रेस चितवनले लामिछानेसहित प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलविरुद्ध निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएपछि कार्यालयले लामिछानेलाई स्पष्टीकरण सोधेको हो ।

निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले आइतबार अबेर स्पष्टीकरण सोधिएको र सोमबार त्यसको जवाफ आउने बताए । निर्वाचन भई राखेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछानेले फेसबुक लाइभमार्फत मत मागेको, मतदान स्थलमा हूल हुज्जत गरी प्रचार गरेको र प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले लामिछानेलाई नै सहयोग गरेको भन्दै कांग्रेसले उजुरी दिएको थियो ।

यसअघि भरतपुर ११ को नयाँकिरण माध्यमिक विद्यालयमा भएको विवाद रास्वपाले आचार संहिताविपरीत काम गरेको भन्दै गल्ती स्वीकारेपछि आइतबार मतदान भएको थियो । मतदान गर्नु पूर्व बसेको सर्वदलीय बैठकमा आचार संहिताविपरीत काम गरेको सम्बन्धमा आयोग कार्यालयमा जानकारी गराउने निर्णय गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर