आज आईपीएल-२०२४ को अक्सन हुँदै

काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आईपीएल) सन् २०२४ को अक्सन आज हुँदैछ । अक्सन नेपाली समय अनुसार दिउँसो सवा एक बजे दुबईमा शुरु हुनेछ । अक्सनमा कुल तीन सय ३३ खेलाडी सहभागी हुनेछन् । त्यसमा दुई सय १४ जना भारतीय, एक सय १९ विदेशी र दुई एसोसिएट देशका खेलाडी छन् ।

एसोसिएट देशबाट नेदरल्यान्ड्सका पाउल भान मार्केन र नामिबियाका डेविड विजा रहेका छन् । ३० विदेशीसहित कुल ७७ खेलाडी अक्सनमा बिक्न सक्नेछन् । नेपालबाट भने अक्सन लिष्टमा कुनै पनि खेलाडी परेका छैनन् । आउँदो वर्ष हुने आईपीएलको १६ औँ संस्करणको आधिकारिक मिति तय भइसकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर