एमालेबाट निर्वाचित वडाध्यक्ष पाँच लाख घूससहित पक्राउ

काठमाडौं ।  बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पक्राउ गरेको छ। कार्की पाँच लाख रुपैयाँ घूससहित आज पक्राउ परेका हुन् ।
वडाध्यक्ष कार्कीलाई जितपुरस्थित जैसवाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घूसबापत पाँच लाख नगद रकम लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीप क्षेत्रीले बताए। घटनाबारे अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ । पक्राउ परेका वडाध्यक्ष कार्की नेकपा (एमाले) पार्टीबाट निर्वाचित भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर