दुई करोड त्रिसट्ठी लाख ठगी गर्ने कोमलराज उपाध्याय पक्राउ

काठमाडौं ।  दुबईका आकर्षक तलबमा काम लगाई दिने भन्दै ८३ जनाबाट दुई करोड त्रिसट्ठी लाख चौवन्न हजार छ सय दस  रुपैयाँ ठगी गर्ने कोमलराज उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ । युएईमा लुकेर बसिरहेको अवस्थामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरी कारबाही अघि बढाएको हो ।

सर्लाहीको जानकीनगर गाविस ७ स्थायी घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरा – ७ घर रहेका ४१ वर्षीय उपाध्यायलाई प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ । श्रीराम रानाभाटसमेत ८३ जना व्यक्तिले ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सी सञ्चालन गरी उपाध्यायले उक्त व्यक्तिहरूबाट ठगी गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर