सेयर बजारमा उत्साह, सोमबार नेप्से सूचक ३८.१४ विन्दुले बढ्यो

काठमाडौं । सेयर बजारमा उत्साह देखिएको छ । सोमबार नेप्से सूचक ३८.१४ विन्दुले बढेर २०६०.४९ अंकमा आएको छ । ६ अर्ब ८८ करोड रुपैयाँभन्दा बडीको सेयर कारोबार भएको छ । १३ कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथिदेखि सर्किट लेबलसम्म बढेको छ ।
हाइड्रोपावरबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । नेप्से सूचकसहित कारोबार रकमले क्रमशः थप उचाइ लिन थालेको छ । ३०५ कम्पनीको २ करोड १४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २६ करोड २६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमाल दोलखा हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोना मिनरल्स एन्ड आयल लिमिटेड र सोल्टी होटेल परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर