काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त

काठमाडौं । राजधानी काठमाडौ.मा आज सोमबार मेलम्चीको पानी तुरुन्तै व्यवस्था गर भन्ने मागसहितको कोटेश्वर, मीनभवन क्षेधमा विरोध प्रदर्शन र त्रिभुवन विश्वविद्यालयको ४९औं दीक्षान्त समारोह त्रिप्रेश्वरस्थित दशरथ रंगशालामा भएका कारण उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ ।
मेलम्चीको पानी वितरण नगरिएको विरोधमा स्वतःस्फूर्त विरोधमा उत्रिएका उपत्यकावासी र दीक्षान्त समारोहमा सहभागी हुन गएका विद्यार्थीहरूको घुइँचोका कारण उपत्यकाको यातायात व्यवस्थापनमा असहजता आएको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले कठिनाईका अतिरिक्त यातायात व्यवस्थापनको सहजीकरण गरिरहेको छ । ट्राफिक व्यवस्था अस्तव्यस्तका कारण सार्वजनिक यातायात प्रयोग गर्ने सर्वसाधारण मर्कामा परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर