सुनको भाउ आज भने स्थिर

काठमाडौं  ।   अघिल्लो दिन तोलामा १३ सय रुपैयाँले घटेको सुनको भाउ आज भने स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १७ हजार ८०० रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार २५० रुपैयाँ निर्धारण रहेको छ ।

आज चाँदीको भाउ पनि स्थिर रहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला १४ सय ५५ रुपैयाँ कायम रहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार २२.२५ डलरमा र चाँदी प्रतिऔंस २३.९१ डलरमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर