मेलम्चीको पानी माग गर्दै उपत्यकावासी प्रदर्शनमा उत्रिए

काठमाडौं । काठमाडौं उपत्यकावासीले मेलम्ची खानेपानी पुनः वितरण गर्नुपर्ने माग आज ुोमबार राजधानीमा विरोध प्रदर्शन गरेका छन्। काठमाडौं उपत्यका संघर्ष समितिको तत्वावधानमा निकालिएको विरोध प्रदर्शनका सहभागीले मेलम्ची खानेपानी माथिको चलखेल बन्द गर्न माग गरे ।

राजधानीको कोटेश्वर–तीनकुने क्षेत्रमा विरोध प्रदर्शनकारीहरूले ‘मेलम्ची पानीमाथिको चलखेल बन्द गर,मेलम्चीको पानी तुरुन्त खोल्’ लगायत नारा लगाएका थिए। उनीहरूले रित्ता गाग्री, लोटा, बाल्टिन बोकेर प्रदर्शन गरेका थिए।

मेलम्चीको खानेपानी पटक–पटक बन्द हुँदा अझै उपत्यकावासीले महँगोमा अप्रशोधित ट्यांकरको पानी किनेर गुजारा गरिरहेका छन् । पहिलोपटक २०७८ चैत १५ गते काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्न थालिएको तर, २०७८ साल असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुग्यो। क्षति भएको ९ महिनापछि अर्थात् २०७९ वैशाख ११ गते अस्थायी रूपमा फेरि पानी काठमाडौं ल्याइयो। सरकारले पहिला जस्तो बाढीबाट क्षति हुन नदिन भन्दै २०७९ जेठ १७ गते मेलम्चीको पानी ल्याउन बन्द गरेको थियो।

मेलम्ची खानेपानी विकास समितिले गएको वर्षामा पनि मेलम्चीको पानी ल्याउन संरचना मर्मतको काम गरिने भन्दै गत जेठ ५ गतेदेखि १५ गतेसम्म अर्थात् १० दिन पानी पठाउन बन्द गर्‍यो। उक्त संरचना मर्मतपछि पानी उपत्यकामा आयो। विकास समितिले बर्खामा पनि पानी आउने जनाएको थियो तर पुनः बन्द गरियो र यस वर्षको बाढीले पनि आयोजनामा क्षति पुर्‍यायो। वर्षात् सकिए पनि अझै समितिले भने मेलम्ची पानी ल्याउन सकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर