बाजुरामा ३.५ म्याग्नेच्युडको भूकम्प

काठमाडौं ।  बाजुरामा भूकम्प गएको छ। सोमबार बिहान ६:५२ बजे बाजुराको कोल्टी आसपास केन्द्रबिन्दु बनाएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

बाजुरामा यसअघि कात्तिक २१ गते ४ म्याग्नेच्युडको भूकम्प गएको थियो। केही समययता पश्चिम नेपालका जाजरकोट, डोटी, बाजुरा, बझाङ, दार्चुला, अछाम, डोल्पा लगायतका दुर्गम जिल्लालाई केन्द्रविन्दु बनाएर लगातार भुइँचालो कम्पन महसुस गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर