स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि

तनहुँ । प्रतिनिधि सभा उपनिर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता लिएका छन् ।

आज बिहान ६ बजेसम्म ९२४६ मत गणना हुँदा वाग्लेले ५०१९ मत पाएका छन् भने कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २३५१ र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले १५४९ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर