चिवाभञ्ज्याङ पुगेर टुंगियो एमालेको मध्यपहाडी संकल्प यात्रा

काठमाडौं ।  १९ दिन लामो मध्यपहाडी संकल्प यात्रा गरेको एमालेले जनस्तरबाट आएका सुझावलाई पार्टीको मार्गदर्शन मानेर अघि बढ्ने जनाएको छ । जनताका सुझावले लोकतन्त्रको प्रभावकारिता र समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा प्रभावकारी बनाउन भूमिका खेल्ने निष्कर्षसहित ती सुझाव समेटेर मार्गदर्शन–पत्र नै तयार पार्ने योजना बनाएको हो ।

‘जनस्तरबाट आएका सबै मागलाई काठमाडौं पुगिसकेपछि लिपिबद्ध गर्छौँ र त्यसका आधारमा भविष्यको कार्ययोजनाका रूपमा पार्टीले अवलम्बन गर्ने नीति, योजनाका रूपमा सामेल गर्नका लागि छलफल गर्छौँ । वास्तवमा भोलिका दिनमा लोकतन्त्रलाई कसरी प्रभावकारी बनाउने, समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई कसरी प्रभावकारी ढंगले पूरा गर्ने भन्ने सन्दर्भमा जनताका बीचबाट आएका सुझाव र मागपत्रले महत्वपूर्ण आधारका रूपमा काम गर्छन् र त्यसलाई हामीले मार्गदर्शनका रूपमा प्रयोग गर्ने सोच बनाएका छौँ,’ महासचिव शंकर पोखरेलले भने ।

समृद्धिका लागि भन्दै एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म गरेको मध्यपहाडी संकल्प यात्रा आइतबार सकिएको छ । चीन र भारतको सिमाना रहेको त्रिदेशीय विन्दु चिवाभञ्ज्याङमा अध्यक्ष केपी ओलीले राष्ट्रिय झन्डोत्तोलन गरेर १९ दिने यात्रा समापन गरेपछि उनीसहित यात्रामा सहभागी नेताहरू आइतबार बेलुकी तमोर करिडोर हुँदै धरान फर्किएका छन् । उनीहरू सोमबार विराटनगर हुँदै काठमाडौं फर्किँदै छन् । अभियानको उद्घाटन अध्यक्ष ओलीले १४ मंसिरमा झुलाघाटमा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर