मौसम : देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने

काठमाडौं ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतयाः सफा रहेको छ। तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। आज सोमबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू=भागमा मौसम सामान्यतयाः सफा रहनेछ।

मङ्गलबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतयाः सफा रहनेछ।  बुधबार देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ।  देशभरीको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर