भारतले दक्षिण अफ्रिकालाई ८ विकेटले हरायो

काठमाडौं ।  पहिलो एकदिवसीय क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई ८ विकेटले हराएको छ । जोहानेशवर्गमा घरेलु टोलीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य भारतले १६ ओभर ६ बलमा २ विकेट गुमाएर भेटायो । उसका लागि साई सुदर्शन ५५ रनमा नटआउट रहे । यस्तै, श्रेयस ऐअरले ५२ रन बनाए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिका २७ ओभर ३ बलमा १ सय १६ रनमा अल आउट भयो । दक्षिण अफ्रिकाका एन्डिले फेहलुकवायोले सर्वाधिक ३३ रन बनाए ।

बलिङतर्फ भारतका अर्शदीप सिंहले ५ र आवेश खानले ४ विकेट लिए । आजको जितसँगै तीन खेलको शृङ्खलामा भारतले १–१ को अग्रता बनाएको छ । यसअघि भएको तीन खेलकै टी–२० शृङ्खला बराबरीमा सकिएको थियो । भारत र दक्षिण अफ्रिकाबीच दुई खेलको टेष्ट शृङ्खला पनि हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर