जनकपुरमा रामजानकीको स्वयंम्बर सम्पन्न

काठमाडौं ।  सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज जनकपुरमा  रामजानकीको स्वयंम्बर सम्पन्न भएको छ । जानकी मन्दिर तथा राम मन्दिरको डोला रङ्गभूमि मैदानमा पुगेर स्वयंम्बर विधि सम्पन्न भएको हो । राम मन्दिरको डोला मन्दिरका महन्थ राम गिरीको नेतृत्वमा दर्जनौँ सवारीसाधन र बाजागाजाका साथ जन्ती (बाराती) निस्केको थियो भने जानकी मन्दिरको डोलाको नेतृत्व महन्थ उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले गरेका थिए ।

रङ्गभूमि मैदान पुगेका अन्य मन्दिरहरुको डोलासँगै भगवान रामको डोलाले माता सीताको डोलालाई परिक्रमा गरेपछि रामजानकीको स्वयंम्बर सम्पन्न भएको हो । जानकी मन्दिर परिसरमा आज राति रामजानकीको वैवाहिक कार्यक्रम मिथिला संस्कृतिअनुसार सम्पन्न हुनेछ ।

वैवाहिक कार्यक्रममा राम मन्दिरका महन्थ राम गिरीले रामका बुबा अर्थात राजा दशरथको भूमिका तथा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले सीताको बुबा अर्थात राजा जनकको भूमिका निर्वाह गर्नेछन् । वैवाहिक कार्यक्रमका लागि जानकी मन्दिरलाई दुलहीझैँ सिंगारिएको छ । त्यस्तै वैवाहिक कार्यक्रमका लागि जानकी मन्दिर परिसरमै मण्डपसमेत बनाइएको छ । यस मण्डपमा रामजानकीको वैवाहिक कार्यक्रम हुनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर