नेप्सेमा २७.७५ अंकको वृद्धि, ५ अर्ब १५ करोडको कारोबार

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से २७।७५ अंकले बढेर दुई हजार २२ दशमलब ३५ विन्दुमा बन्द भएको हो ।  त्यस्तै, आज ५ अर्ब १५ करोड ७८ लाख ४६ हजार रुपैयाँबराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये १८५ कम्पनीको शेयरमूल्य बढेको छ भने ५२ कम्पनीकोे शेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार ११ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज १६ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भनदा बढीले बढेको छ भने ९ कम्पनीको शेयरमूल्य ८ प्रतिशतले बढेको छ । त्यस्तै, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ६.७७ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको भएको छ । आज यस बैंकको २५ करोड १२ लाख बराबरको कारोबार भएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर