वाणिज्य बैंकहरुले घटाए मुद्दती निक्षेपको ब्याजदर

काठमाडौं  ।   वाणिज्य बैंकहरुले पुस महिनाको लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । सञ्चालनमा रहेका २० मध्ये १८ वटा बैंकले पुसका लागि ब्याजदर घटाएका हुन् । प्रभु र सानिमाले भने मंसिर महिनाकै ब्याजदर यथावत राखेका छन् । औसतमा व्यक्तिगततर्फ मुद्दती निक्षेपको ब्याजदर पुस महिनाका लागि ८.९९ प्रतिशत भएको छ । मंसिरमा ९.६१ प्रतिशत रहेको छ ।

औसतमा हेर्दा बैंकहरुको ब्याजदर ०.६२ विन्दुले घटेको छ । तथ्यांक अनुसार प्राइम कमर्सियल बैंकले सबैभन्दा धेरै १० प्रतिशतसम्म  ब्याज दिने भएको छ । यता, एभरेष्टले भने सबैभन्दा कम ८ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

यसैगरी विकास बैंकहरुले पनि पुस महिनाको लागि ब्याजदर घटाएका छन् । राष्ट्रियस्तरका विकास बैंकहरुले पुस महिनाको लागि अधिकतम ब्याजदर ९.२५% निर्धारण गरेका छन् । मंसिर महिनामा अधिकांश विकास बैंकहरुले अधिकतम ब्याजदर ९.४०% निर्धारण गरेका थिए । यता, अघिल्लो महिना १०.६०% ब्याजदर निर्धारण भएको बैंकले पनि यो महिनादेखि मुद्दति निक्षेपमा ९.२५% नै ब्याजदर कायम गरेका छन् ।
त्यस्तै, कामना सेवा विकास बैंकले मंसिर महिनामा १ वर्षभन्दा बढी अवधिको लागि भनेर सबैभन्दा धेरै ९.४०% ब्याजदर निर्धारण गरेको थियो । तथापि, पुसको लागि जारी गरेको सूचनामा ५ वर्षभन्दा माथिको लागि भनेर ९.६०% ब्याजदर निर्धारण गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर