क्लबको छाना खस्दा कम्तीमा १३ जनाको मृत्यु

काठमाडौं ।  अर्जेन्टिनाको बन्दरगाह सहर बहिया ब्लाङ्कामा शनिबार शक्तिशाली आँधीमा परी खेलकुद क्लबको छाना खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । मेयर कार्यालयको सूत्रका अनुसार भारी वर्षा र हावाका कारण स्केटिङ प्रतियोगिता भइरहेको बहिया ब्लाङ्काको छत खसेको थियो ।

“दुर्भाग्यवश आपत्कालीन सेवाले बहिन्से डेल नोर्टे क्लबमा १३ जनाको मृत्यु भएको पुष्टि गरेको छ”, नगरपालिकाले विज्ञप्तिमा भनेको छ । अग्निनियन्त्रकहरूले भग्नावशेषमुनि फसेका मानिसहरूको उद्धारका लागि काम गरिरहेको पनि नगरपालिकाले जनाएको छ । उक्त सहरमा एक सय ४० किलोमिटर ९८७ माइल प्रतिघन्टाभन्दा पनि बढीको वेगले हावा चलेको बताइएको छ । तीव्र गतिको हावा आएसँगै केही भागमा बिजुलीसमेत गएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर