राप्रपालाई कसैले उपेक्षा गर्न सक्दैन : अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग राख्नु अवैधानिक होइन भन्ने कुरा स्थापित गराउन आफ्नो पार्टी सफल भएको दावी गरेका छन्।

पार्टीको केन्द्रीय कार्यसमितिको काठमाडौंमा आइतबार सुरु भएको बैठकको उद्घाटन सत्रमा उनले नेपालका राजासहितको प्रजातन्त्र, हिन्दु राष्ट्र पुनःस्थापना र संघीयताको खारेजीको माग गर्नु अवैधानिक होइन भन्ने कुरा पछिल्ला दिनमा सिद्ध हुँदै गएको स्पष्ट पारे।

लिङदेनले निर्वाचन आयोगसँग कडा प्रतिवाद गरेपछि पार्टीको विधानमा पनि राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको पार्टीको मागलाई स्थापित गराउन सफलता हात परेको पनि उल्लेख गरे । उनले आफ्नो पार्टीले राखेका उपरोक्त मागका कारण राप्रपा नेपाली राजनीतिमा उपेक्षा गर्न नमिल्ने शक्तिको रूपमा रहेको चर्चा गरे ।

अध्यक्ष लिङदेनले भने, ‘अब राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाली राजनीतिमा उपेक्षा गर्न नसकिने र अग्रगतितर्फ गइराखेको शक्तिको रूपमा स्थापित गर्न सफल भयौं। यति मात्रै पर्याप्त छैन। हामीले गर्नुपर्ने थुप्रै काम र जिम्मेवारी छन्। नेपालमा राजासहितको प्रजातन्त्रको कुरा गर्नु, हिन्दु राष्ट्र पुनःस्थापनाको कुरा गर्नु, संघीयता खारेजीको कुरा गर्नु र त्यो उद्देश्य राखेर पार्टी स्थापना गर्नु र त्यो उद्देश्यअनुरूपको विधान निर्माण गर्नु अवैधानिक होइन भन्ने स्थापित गर्न हामी सफल भएका छौं।’ विगतमा निर्वाचनमा अपेक्षाअनुसार परिणाम हात नपारे पनि आफ्नो पार्टीले अग्रगमनको बाटो तय गरिसकेको उनको कथन थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर