आदर्शवादी कांग्रेस नेता गगन थापाको यो चाला….

काठमाडौं । नेपाली कांग्रेस पाल्पाको जिल्ला सम्मेलनका क्रममा शनिबार पाल्पामा तानसेन नगरपालिकाको भवनको दुरुपयोग भएको छ । सम्मेलनमा प्रमुख अतिथिको रुपमा पुगेका महामन्त्री गगन थापालाई भाषण गर्नको लागि नगरपालिकाको अनुमति नलिइ नगरपालिकाको बार्दली उपलब्ध गराइएको थियो ।

शनिबार तानसेनमा हुने जिल्ला सम्मेलनका लागि नेपाली कांग्रेस पाल्पाले नगरपालिकाको अण्डरग्राउण्ड तलामा रहेको सभाहल भाडामा लिएको थियो । तर, कार्यक्रम समापनका क्रममा महामन्त्री गगन थापाले सम्बोधन गर्ने बेलामा थापालाई एक तलामाथि बार्दलीमा चढाइयो । थापाले बार्दलीमा उभिएर भाषण गरे । भाषण सुन्न आएका दर्शकहरु टुँडिखेलभरी छरिएर बसे ।

थापाको भाषणको क्रममा तानसेन नगरपालिकाको साइनबोर्डलाई  कपडाले छोपिएको थियो । राष्ट्रिय झण्डा समेत निर्धारित स्थानभन्दा तल सारेर सजिलै नदेखिने बनाइएको थियो । यो कार्यक्रम भएपछि पार्टीले सरकारी भवनको दुरुपयोग गरेको भन्दै चर्को आलोचना भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर