एमालेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ आज समापन हुँदै

काठमाडौं  । नेकपा एमालेको झुलाघाट चिवाभन्ज्याङ सङ्कल्प यात्रा आज समापन हुँदैछ । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गते सुरु भएको यात्रा आज पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुन लागेको हो ।

‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गरेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बैतडीको झुलाघाटबाट सुरु भएको १८ औँ दिनमा यो यात्रा पाँचथरको चिवाभञ्ज्याङमा सम्पन्न हुन लागेको हो ।

झुलाघाट–चिवाभञ्जयाङ समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा विभिन्न जिल्लामा आयोजित सभालाई अध्यक्ष ओलीले सम्बोधन गरेका थिए । । अध्यक्ष ओलीले पाँचथरको चिवाभन्ज्याङमा आज झण्डोत्तलन गर्ने कार्यक्रम रहेको छ । मध्यपहाडका समस्याको पहिचान र समाधानका उपाय खोज्न यो पदयात्रा गरिएको एमालेले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर