लिबियामा पानीजहाज दुर्घटना : ६१ जना बेपत्ता

काठमाडौं ।  लिबियामा पानीजहाज दुर्घटना हुँदा ६१ जना डुबेर हराएका छन् । ८६ जना आप्रवासी बोकेर लिबियाको तटीय शहर जुवाराबाट छुटेको जहाज समुद्रमा डुब्दा ६१ जना हराइरहेका संयुक्त राष्ट्रसङ्घीय निकाय अन्तर्राष्ट्रिय प्रवासन सङ्गठन (आईओएम) लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

भू-मध्य सागर हुँदै अफ्रिकाबाट युरोप जाने आप्रवासीका लागि लिबिया मुख्य केन्द्र हो । आईओएमका अनुसार यो बाटोबाट युरोप जाने क्रममा दुई हजार दुई सय जनाभन्दा धेरै मानिसले डुबेर ज्यान गुमाइसकेका छन् । भूमध्य सागर पार गर्नका लागि सानो डुङ्गामा क्षमताभन्दा धेरै मानिस चढ्दा दुर्घटनाहरु धेरै हुने गरेका छन् । आईओएमका अनुसार यस वर्ष लिबिया हुँदै एक लाख ५३ हजार जनाभन्दा धेरै मानिस इटली पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर