संशोधित शिक्षा ऐन लागू गर्न अभिभावक संघको माग

काठमाडौं ।  नेपाल राष्ट्रिय अभिभावक संघले संशोधित शिक्षा ऐन अविलम्ब ल्याउन माग गरेको छ । अभिभावक संघले शनिबार काठमाडौंमा आयोजना गरेको दोस्रो बागमती प्रदेश अधिवेशनका क्रममा यस्तो माग गरिएको हो ।

अधिवेशनमा सहभागीले नेपालको शिक्षा क्षेत्रमा देखिएको अन्धाधुन्ध व्यापारीकरणलाई न्यूनीकरण गर्ने र सार्वजनिक शिक्षालाई प्रभावकारी बनाउन भूमिका खेल्ने प्रतिबद्धता पनि जनाएका छन् । साथै, नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएको सम्झौताबमोजिम संसद्मा टेबल भएको ऐन तत्काल ल्याउन ध्यानाकर्षण गराएको छ । यसका लागि संस्थागत रूपमा सम्बद्ध पक्ष तथा निकायमा पक्षीकरण र बहस घनीभूत पार्न संघ तयार रहेको सहभागीको भनाइ छ । कार्यक्रममा संघका बागमती प्रदेश सचिव उद्धवराज पौडेलले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

०५९ मा स्थापित संघको पहिलो अधिवेशन ०७५ मा भएको थियो । अघिल्लो कार्यसमितिले अपेक्षाकृत काम गर्न नसकेपछि गत २ भदौमा नीरबहादुर कार्कीको नेतृत्वमा कार्यसमिति पुनर्गठन गरिएको थियो । पुनर्गठित कार्यसमितिले बागमती प्रदेशका १३ वटै जिल्लामा संस्थाको सदस्यता विस्तारलाई तीव्रता दिएको छ । सोहीअनुसार हालसम्म काठमाडौं जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर