बार्सिलोनाको जितमा टोरेसको गोल

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले जित निकालेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १-० गोल अन्तरले हराएको हो ।

बार्सिलोनाको जितमा फेरान टोरेसले निर्णायक गोल गरे ।

टोरेसले खेलको ४४ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

जितसँगै बार्सिलोनाले ३० खेलमा ७६ अंक जोडेको छ ।

बार्सिलोना दोस्रो स्थानको रियल मड्रिड भन्दा ११ अंकले अघि रहेको छ ।

एट्लेटिको ६० अंक जोडेर तेस्रो स्थानमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर