पूर्वपश्चिम राजमार्गमा चक्काजाम

काठमाडौं ।   बाराको सिम्रौनगढ नगरपालिकामा गत बुधबार भएको प्रदर्शनमा एक युवकको मृत्यु भएको विषयलाई लिएर पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ । शिक्षक कर्मचारीहरुले आफ्नो तलब माग गर्दै हडतालका क्रममा प्रहरीकाे गाेलि लागि सिम्रौनगढ नगरपालिका-१ ननसगराढाट गाउँका २५ वर्षका लक्ष्मी मुख्याको मृत्यु भएको थियो ।

घटनाको विरोधमा आज नेपाली काँग्रेस क्षेत्र नं १ काे आयाेजनामा पुर्व पश्चिम राजमार्गमा चक्का जाम गरेको हो । शिक्षक कर्मचारीहरुले आफ्नो तलब माग गर्दै शान्तिपूर्ण हडतालमा प्रहरीले बल प्रयोग गरी हत्या भएको घटनामा २४ घण्टा बितेपनि माग सम्बोधन नभएपछि आन्दोलन गर्नुपरेको आयोजकले जनाएका छन् ।

शनिबर दिउँसो १ बजे देखि शुरु भएको चक्काजाममा आन्दोलनकारिहरुले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र सिम्रौनगढका नगरप्रमुख किशोरी कलवारको पुत्ला दहन तथा राजीनामाकाे माग गरेका छन्। । सिम्रौनगढ नगरपालिकाका स्थायी कर्मचारीहरुले बिगत ६ महिना देखिको र अस्थायी तथा ज्यालादारी कर्मचारीले आफ्नो तलबको माग राख्दै आन्दोलन गर्दै आएका थिए ।

आन्दोलनले गर्दा नगरपालिकामा रहेको अस्पतालको सेवा विद्यालयको पठनपाठन समेत अबरुद्ध भएको छ । नगरपालिकाको कार्यालय पछिल्लो दुई महिनादेखि बन्द रहेको छ ।।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर