भक्तपुरमा टिपर र स्कुटर एकआपसमा ठक्कर खाँदा स्कुटर चालकको मृत्यु

भक्तपुरः मध्यपुर ठिमि नगरपालिका–२ सानोठिमी स्थित जनक शिक्षा सामाग्री केन्द्र अगाडी टिपर र स्कुटर एकआपसमा ठक्कर खाँदा स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक काभ्रेको रोशी गाउँपालिका–१० घर भई हाल गठ्ठाघर बस्ने २३ वर्षीय विशाल मैनाली रहेका छन् ।

शुक्रबार राति पौने ११ बजे बहाखा बजारबाट सानोठिमी तर्फ जाँदै गरेको बा ४ ख २३४७ नम्बरको टिफर र विपरीत दिशाबाट आँउदै गरेको बा ९२ प ५५३१ नम्बरको स्कुटर एकआफसमा ठक्कर खाँदा मैनाली गम्भिर घाइते भएका थिए । उनको नागरिक अस्पताल गठ्ठाघरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी निरीक्षक किशोर ढुंगानाले जानकारी दिए ।

टिपर चालक धादिङको थाक्रे गाँउपालिका–७ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोल बस्ने ४२ वर्षीय सुरेश तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

दुर्घटना भएको सवारी साधन टिपर जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर