बालेन र साम्पाङ एकसाथ राजनीतिक दल खोल्ने तरखरमा ?

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले छुट्टै राजनीतिक दल खोल्नुपर्ने आवश्यकता औंल्याएका छन् । यही सिलसिलामा उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग भेट गरेपछि सामाजिक सञ्जालमा नयाँ दलको आवश्यकता झल्किने स्टाटस लेखेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भ्रष्टाचारी र बेकामेहरुलाई मेरा श्रम गर्ने पौरखी हात जोडेर नमस्कार नगर्ने निर्णय गर्दैछु म अब । मेरो साथमा को ? को ? हुनुहुन्छ ? यदि हाम्ले राजनीतिक दल खोलेर अघि बढ्न चाह्यौँ भने को कसले साथ दिनु हुन्छ ?’

देशका बेकामे कानुन बदल्न र देशद्रोह, भ्रष्टाचार रोक्न र बेथिति हटाउन नयाँ पार्टीको चाहिने आशय साम्पाङको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर