साताको अन्तिम दिन सुनचाँदीको मूल्य उकालाे लाग्याे

काठमाडौं । साताको अन्तिम दिन सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

छापावाल सुनको मूल्य एक लाख १९ हजार एक सय, तेजावी सुनको मूल्य एक लाख १८ हजार ५५० र एक हजार ४७० रुपैयाँ तोकिएको छ ।

हिजो बिहीबार एक लाख १८ हजार ८०० रुपैयाँमा छापावाल सुन, एक लाख १८ हजार २५० रुपैयाँमा तेजावी सुन र एक हजार ४५५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर