पछिल्लो आक्रमणमा गाजामा एक सय ११ प्यालेस्टाइनीको मृत्यु

काठमाडौं । इजरायलले गाजा पट्टीमा गरेको आक्रमणमा कम्तीमा १ सय ११ जना प्यालेस्टाइनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै ७५ जना घाइते र ४३ वटा शवलाई दक्षिणी गाजा पट्टीको खान युनिसस्थित नासेर अस्पतालमा पुराएको जनाएको छ ।

गाजा शहरको केन्द्रमा रहेको अल–दराजमा एउटा घरलाई लक्षित गरी इजरायलीहरूले बमबारी गर्दा २६ प्यालेस्टाइनीको मृत्यु भएको बताइएको छ ।

यसैगरि गाजा पट्टीको दक्षिणी भागमा रहेको रफाह शहरका चारवटा घरमा इजरायलले गरेको आक्रमणमा ४२ प्यालेस्टाइनीको मृत्यु भएको पनि मन्त्रालयले पुष्टि गरेको छ ।

इजरायली सेनाले उत्तरी गाजा पट्टीको बेइट लाहियाको कमल ओडवान अस्पतालमा आक्रमण गर्दै अस्पतालका निर्देशक र अन्य ७० मेडिकल स्टाफलाई लगेकोे मन्त्रालयले जनाएको छ ।

इजरायली सेना र सशस्त्र प्यालेस्टिनी समूहहरू बीच लडाइँ जारी छ । द्वन्द्व शुरु भएयता गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या १८ हजार ७ सय नाघेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर