राष्ट्रपति पौडेलको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं । भारतको नयाँदिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको नेपाली दूतावासले जनाएको छ।

दूतावासले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘उपचारमा संलग्न सम्बन्धित चिकित्सकहरुले सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको बताएका छन् ।’’

राष्ट्रपति पौडेलको स्वास्थ्योपचार बुधबारदेखि नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा भइरहेको छ। यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर