कञ्चनपुरको महेन्द्रनगरमा एक साताको लागि निषेधाज्ञा जारी

काठमाडौं ।  कञ्चनपुरको महेन्द्रनगरमा एक साताको लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगर बजारमा बिहीबारदेखि एक साताको लागि निषेधाज्ञा जारी गरेको हो ।

भीमदत्त नगरपालिका-४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा शालिक स्थापना सम्बन्धमा विभिन्न राजनीतिक दलहरुबीच मतभिन्नता भएकोले शान्ति सुव्यवस्थालाई कायम गर्न निषेधाज्ञा जारी गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोकुलकुमार अधिकारीद्वारा जारी आदेशमा उल्लेख छ ।

उक्त आदेशमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६, ३ (क) बमोजिम ५ जनाभन्दा बढी मानिस जम्मा भइ जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम नगर्न भनेको छ । केही दिनयता राप्रपाले संविधान चोकमा पूर्वराजा महेन्द्र शाहको शालिक स्थापनासहित कार्यक्रम गर्ने तयारी गरिएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर