फिलिपिन्सले १ सय ८० जना चिनियाँलाई देश निकाला गर्‍याे

काठमाडौं ।  फिलिपिन्सले राजधानी मनिलामा पक्राउ परेका एक सय ८० जना चिनियाँलाई देश निकाला गरेको छ । उनीहरू मनिलामा अवैध धन्दा र अनलाइन घोटालाको आशङ्कामा पक्राउ परेका थिए ।

गएको अक्टोबरमा छापा मारेर चिनियाँसहित कोरियाली, भियतनामी र फिलिपिनो गरी छ सय जना पक्राउ परेका थिए । यौन व्यवसायमा संलग्न केही महिलाको उद्धारसमेत गरिएको थियो । छापा मारेर पक्राउ परेका थप विदेशीलाई आउँदो हप्ता देश निकाला गर्ने त्यहाँको प्रहरीलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

राष्ट्रपतिको सङ्गठित अपराध विरोधी आयोगका उपसचिव गिल्बर्टो क्रुजले पक्राउ परेका चिनियाँसँग कुनै पनि काम गर्ने अनुमति नरहेको पाइएको बताए । एसिया–प्रशान्त क्षेत्रमा इन्टरनेट घोटालाबारे अन्तर्राष्ट्रिय चिन्ता बढ्दो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर