सिमौनगढ घटनामा थप दुईजना घाइते

काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिकामा प्रहरी र आन्दोलनरत कर्मचारीबीच भएको झडपमा दुईजना घाइते भएका छन्। घाइते हुनेमा सिम्रौनगढ वडा नम्बर–४ का २७ वर्षीय राजेशी सहनी र वडा नम्बर ७ का ३५ वर्षीय रामनिवास राम रहेका छन् ।
विगत ६० दिनदेखि शान्तिपूर्ण आन्दोलन गरिहेका कर्मचारीले प्रहरीले दमन गरेपछि घटनाले उग्र रूप लिएको २ नम्बरका वडा अध्यक्ष अरविन्दकुमार मुखियाले बताए । प्रहरीले भने कर्मचारीहरूले ढुंगामुढा गर्न थालेपछि हस्तक्षेप गरेको जनाएको छ ।
यसअघि हिजो भएको घटनामा सिम्रौनगढ–१ नामसाग्राघाटका २५ वर्षीय लक्ष्मी मुखिया बिनको मृत्यु भएको थियो । वडा अध्यक्ष मुखियाले आफूसहित आठजनालाई दिनभर कार्यालयमै नजरबन्द गरी राखेको र राती ११ बजे पक्राउ गरेपछि नेपाली काँग्रेसको दबाब पछि छाडेको बताए ।

कर्मचारीहरूले वार्ताको प्रयास गरेपनि नगर प्रमुख र अधिकारी वर्गले कुरा नै नगरेपछि नारा जुलुस गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी साह कलवार र भर्खरै हाजिर हुन आएका प्रमुख प्रशासकीय अधिकृत महेशकुमार मिश्रले ६० दिनदेखि शान्तिपूर्ण आन्दोलनमा बसेका कर्मचारीलाई वार्ताबाट समस्या समाधान गर्न सहजीकरण नगरेपछि घटनाले उग्ररूप लिएको स्थानीयको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर