फेरि नेकपातिरै फर्किनुपर्ने समय आएको छ : प्रधानमन्त्री

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरु फेरि नेकपातिरै फर्किनुपर्ने समय आएको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा नेकपा एकीकृत समाजवादी पार्टीले आयोजना गरेको कार्यक्रममा उनले पहिलेकका अनुभवबाट शिक्षा लिएर फेरि त्यहीँ फर्किनुपर्ने विषयमा छलफल भइरहेको बताए। उनले भने, ‘कमरेड माधव नेपाललगायतसँग छलफल भइरहेको छ। फेरि नेकपातिर नै फर्किनुपर्दछ। वामपन्थी आन्दोलनलाई नयाँ आधारमा नयाँ एकतासहित अघि बढाउनुपर्दछ। सही विचार र नीतिका आधारमा कम्युनिस्ट एकता गर्ने जारी राख्नुपर्दछ।’

उनले भने, ‘यो ऐतिहासिक दिनबाट मोर्चा र एकताको अभियान सुरु गरौं। एमालेभित्र पनि डिबेट खडा गर्नेछ।’ उनले कम्युनिस्ट पार्टीहरु अलग-अलग हुदा परिणाम दिन नसकिएको स्वीकार्दै एकताबद्ध हुने समय आएको बताए। यसअघि नेकपा एमालेसँग गरिएको एकतालाई कम्युनिस्ट नेता, कार्यकर्ताले मात्रै नभइ जनताले समेत अनुमोदन गरेको बताए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर