नेत्रहीन टी-२० क्रिकेट सिरिजमा नेपालद्वारा भारत १० विकेटले पराजित

काठमाडौं । भारतको मुम्बईमा भइरहेको महिला नेत्रहीन टी-२० क्रिकेट सिरिजको तेस्रो खेलमा नेपालले भारतमाथि १० विकेटको सानदार जित हात पारेको छ ।

ओपनरद्वय बिनिता पुन र मनकेशी चौधरीले उत्कृष्ट ब्याटिङ गर्दै नेपालले सिरिजमा पहिलो जित दिलाएका हुन् । दुवैले अविजित रहँदै अर्धशतक बनाए । ओपनरद्वय बिनिता पुन र मनकेशी चौधरीले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले सिरिजमा पहिलो जित हात पारेको हो । भारतले दिएको १७२ रनको लक्ष्य नेपालले १९.१ ओभरमा पूरा गर्‍यो ।

नेपालका लगि कप्तान बिनिताले नटआउट ७८ रन र मनकेशी चौधरीले ७५ रन जोडे । पुनले ६० बलमा ७ चौका र चौधरीले ५७ बलमा ५ चौका प्रहार गरे । यसअघि पहिले ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा १७१ रन जोडेको थियो । भारतका लागि सिमु दासले ८४ रन जोडिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर