पानीको बाल्टिनमा डुबेर एक बालिकाको मृत्यु

काठमाडौं । काठमाडौंको जोरपाटीमा पानीको बाल्टिनमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

गोकर्णेश्‍वर नगरपालिका–५ जोरपाटी बाहुनधारामा बस्ने नेत्र बडूवालकी १९ महिनाकी छोरीको बाल्टिनमा डुबेर मृत्यु भएको हो । शौचालयमा रहेको बाल्टिनमा डुबेर बेहोस भएकी उनको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस बारेमा आवश्यक अनुसन्धान भइरहेको छ। (तस्बिरःसांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर