गाजामा १८ हजार चार सय प्यालेस्टाइनीको मृत्यु

काठमाडौं । गाजामा प्यालेस्टाइनीहरुको मृत्यु हुनेको सङ्ख्या १८ हजार चार सय पुगेको प्यालेस्टाइनले जनाएको छ ।

अक्टोबर ७ मा हमास–इजरायल द्वन्द्व सुरु भएपछि गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या १८ हजार चार सय नाघेको हो । साथै मङ्गलबार वेस्ट बैंकको जेनिन शहरमा इजरायली ड्रोन आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायली सेनाले मंगलवार जेनिन शहर र यसको शरणार्थी शिविरमा छापा मारेको थियो । धेरै घण्टासम्म चलेको सैन्य कारबाहीमा चार जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर