कोइराला पक्षको बैठक आज बस्दै

काठमाडौं ।  नेपाली कांग्रेसको शेखर कोइराला पक्षको बैठक आज बस्दैछ । यसअघि मंगलबार बस्ने भनिएको बैठक नेताहरूसँग परामर्शपछि आज बस्ने सहमति भएको हो ।

कांग्रेस नेता अर्जुन नरसिंह केसीले मंगलबारको बैठक बुधबारका लागि तय गरिएको बताए । बैठकमा महामन्त्री गगन थापा पनि सहभागी हुनेछन् । ‘पहिले समन्वय नभई बैठक बोलाइएको रहेछ । महामन्त्री पनि नहुने भएपछि राम्रो सन्देश जाँदैन भनेर मैले बैठक सार्न पहल गरें’, उनले भने, ‘ शेखरजी र गगनजी दुवै बसेर सहमति गर्नुभयो  । अब हाम्रो समूहको बैठक बुधबार बस्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर