यातायात कार्यालय राधेराधेले थाल्यो बिहानी सेवा

भक्तपुर । यातायात व्यवस्था कार्यालय राधेराधेले बिहान ८ः३० बजेदेखि पनि सवारी चालक अनुमतिपत्र दिने सेवा सुरु गरेको छ ।
बागमती प्रदेश सरकारका मुख्यसचिव मुकुन्दप्रसाद निरौलाले आइतबार बिहानी सेवाको उद्घाटन गरे ।

सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा बिहान ७ बजेदेखि सञ्चालन गर्ने र अन्य पाँच प्रकारका सेवा बिहान ८ः३० बजे सुरु गर्ने गरी बिहानी सेवाको सुरु गरिएको हो ।

उद्घाटन कार्यक्रममा बागमती प्रदेशका मुख्यसचिव निरौलाले अतिरिक्त तलब सुविधाविना नै बिहानी सेवा सुरु गरेकोमा कार्यालय प्रमुख र कर्मचारीहरूको प्रशंसा गरे ।
बिहानी सेवाका लागि १७ जना कर्मचारी व्यवस्थापन गरिएको कार्यालयका सूचना अधिकारी गोविन्दराज सिवाकोटीले जानकारी दिए । करिब ४० जना कर्मचारी कार्यरत भक्तपुरको राधेराधेस्थित कार्यालयले नयाँ सवारी चालक अनुमतिपत्रका लागि मात्र दैनिक ७ सय ५० सहित अन्य सेवामा गरी दैनिक करिब तीन हजार सेवाग्राहीलाई सेवा दिँदै आएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर