मुलुकमा पच्छगामी चिन्तनको कुनै गुञ्जायस छैन : महासचिव गुरुङ

भक्तपुर । नेकपा माओवादीका महासचिव देव गुरुङले मुलुक अहिले समाजवाद उन्मुख भएकाले पच्छगामी चिन्तनको कुनै गुञ्जायस नभएको बताएका छन् ।
रफत सञ्चार क्लबले सोमबार आयोजित सञ्चार–संवाद कार्यक्रममा उनले संघीय लोकतान्त्रिक व्यवस्थाको विरोधको नाममा मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम मात्रै भइरहेकाले सबै न्यायप्रिय जन समुदाय सचेत रहनु पर्ने बताए । महासचिव गुरुङले जनतालाई सेवा प्रवाह गर्ने निकायहरू जागरुक भएर कमीकमजोरी सच्याउँदै अगाडि बढ्नुपर्ने खाँचो औंल्याए ।

उनले नेकपा माओवादी पार्टी मुलुक तस्करीतन्त्र र कमीशनतन्त्रबाट सदैव मुक्त रहनुपर्ने मान्यता रहेकाले वर्तमान गठबन्धनको सरकारले पनि भ्रष्टाचारको अन्त्यका लागि विभिन्न कदमहरू उठाएर सुशासन कायम गर्ने दिशातर्फ अग्रसर रहेको चर्चा गरे ।

महासचिव गुरुङले एनसेल कर छलीमा पनि सत्ता गठबन्धन सरकारले टानविन समिति बनाएर सत्य, तथ्य बाहिर ल्याउने अठोट लिएको बताए । उनले एनसेलको सम्बन्धमा सम्मानित पाटन उच्च अदालतले शेयर बिक्री गर्न तत्कालका लागि अन्तरिम आदेश दिइसकेकोले यस विषयमा थप टीकाटिप्पणी गर्नु उपयुक्त नहुने बताए ।

नेता गुरुङले पछिल्लो समयमा वामपन्थी एकताको प्रश्नले सघन रूप लिँदै गएको र त्यसमाथि पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमै सम्पूर्ण वाम शक्ति एकता गर्न तयार रहेको वातावरण सिर्जना हुँदै गएको र अध्यक्ष प्रचण्डकै नेतृत्वमा गैर वाम शक्तिलाई पनि मिलाएर लगिएमा नेपालको स्वाधीनता, राष्ट्रियताको रक्षा गर्न बल पुग्ने विचार व्यक्त गरे ।

उनले ढिलोचाँडो नेपालका वाम शक्ति एकै ठाउँमा उभिएर एकीकृत हुने टिप्पणी पनि गरे । उनले बाबुराम भट्टराई र उनको पार्टीसँग हुने एकीकरणको विषय सकारात्मक ढंगले अगाडि बढिरहेको जानकारी दिए । उनले एक अर्को प्रसंगमा युक्रेन–रुस युद्धको असंलग्न र पञ्चशील सिद्धान्तको आधार समस्याको समाधान खोज्नुपर्ने बताउँदै हमास–इजरायल युद्धको पनि शान्तिपूर्ण उपायका आधारमा समस्या टुंग्याउनुपर्ने आवश्यकतामाथि जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर