संसदका महासचिव डा. गौतमद्वारा राजीनामा

काठमाडौं । सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा दिएको छ । उनले आइतबार नै आफ्नो राजीनामा पत्र राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

महासचिव गौतमले के कारणले राजीनामा दिएको हो, त्यो भने खुल्न सकेको छैन भने राजीनामाका सम्बन्धमा संघीय संसद सचिवालयमा कुनै औपचारिक जानकारी नआएको बताइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर